असोज ७ गते जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुने भन्दै २७ जिल्लामा रेड अलर्टको सूचना जारी गर्यो । तर सरकारी निकायले गरेको त्यो अलर्टले सत्ता चलाउन बसेकाहरूलाई केहि असर नै गरेन ।
गृहमन्त्रालयले विपदका लागी हामी कति तयार छौं कति स्रोत साधन छ भनेर बुझ्न समेत आवश्यक ठानेन्
अन्ततः असोज १२ गते शनिबार आएको बाढीमा परेर २५० जनाले ज्यान गुमाउनुपर्यो १८ जना त अझै हराइरहेका छन् । राज्य सञ्चालकहरूको लापरबाहीका कारण यस पटक पनि देशले ठूलो क्षति बेहोरेको छ । तर त्यसको जिम्मेवारी लिन अझै पनि कोही तयार छैनन् । एउटा निकायले अर्कोलाई दोष देखाउँदै पन्छिन खोजिरहेका छन् । सरोकारवाला निकायहरूको बेवास्ताका कारण विपद्मा परेका नागरिकको जीवनरक्षाको जिम्मेवारी कसको भन्ने गम्भीर प्रश्न उठेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस