Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिममा निरन्तर भारी वर्षा - डुबानको खतरा, नदी तटीय क्षेत्रमा हाई अलर्ट

अर्थ संसार

सोमबार, १६ असार २०८२, १२ : ५१ मा प्रकाशित

सुदूरपश्चिममा निरन्तर भारी वर्षा - डुबानको खतरा, नदी तटीय क्षेत्रमा हाई अलर्ट

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा आइतबार बिहानदेखि लगातार वर्षा जारी छ। पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दा तराईका बस्तीहरू डुबानमा परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा तीव्र वर्षा भइरहेको छ, जसका कारण मोहना नदीको बहाव उच्च छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान ७:३० बजे मोहना नदीको जलस्तर ३.०६ मिटर पुगेको छ, जुन सतर्कता तहभन्दा माथि रहेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै विभागले नदी किनारका बासिन्दालाई सचेत रहन मोबाइल सन्देशमार्फत पनि सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लो पूर्वानुमानअनुसार मनसुनी प्रणाली देशभर सक्रिय रहेकाले सुदूरपश्चिमका अधिकांश भागमा आज पनि चट्याङ र गडगडाहटसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा समेत हुन सक्ने भएकोले पहाडी भूभागमा भू–स्खलन र तराईमा डुबानको जोखिम अझै बढेको छ।

कैलालीका दर्जनौं स्थानमा बाढीले स्थानीय जनजीवन प्रभावित भएका छन्। सडक अवरुद्ध हुने, खेतीयोग्य जमिन जलमग्न हुने समस्या देखिएको छ।सुरक्षा निकाय र स्थानीय तहहरूले जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आपत्कालीन सतर्कता अपनाउँदै तयारी गरेका छन्। वर्षा केही समय यति नै रहने भएकाले नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमै बस्न अपिल गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको