Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दो वित्तीय अपराधः- ५ वर्षमा ४ गुणाले बढ्यो चेक बाउन्सको उजुरी

अर्थ संसार

सोमबार, १६ असार २०८२, १६ : १८ मा प्रकाशित

बढ्दो वित्तीय अपराधः- ५ वर्षमा ४ गुणाले बढ्यो चेक बाउन्सको उजुरी

पछिल्लो समय नेपालमा चेक बाउन्सका घटनाहरू तीव्र रूपमा बढ्दैछन्। पहिले चेक कारोबार विश्वासिलो मानिन्थ्यो भने हाल यो अनादर हुने वित्तीय अपराधको रूपमा देखा परिरहेको छ। देशमा सबैभन्दा बढी हुने वित्तीय अपराधमध्ये चेक बाउन्स शीर्ष स्थानमा छ।

चेक बाउन्स भनेको बैंकमा भएको रकमभन्दा बढी रकमको चेक भुक्तानी हुनु हो। हाल संसदबाट पारित नयाँ कानून लागू भएपछि चेक बाउन्सका घटनाहरू अनुसन्धान र कारबाहीका लागि अब प्रहरीको जिम्मा भएको छ। बैंकिङ कसुर तथा ऐन, २०६४ लाई संशोधन गरी यसलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ।

कोरोना महामारी अघि २–३ हजार चेक बाउन्स उजुरी आइरहन्थ्यो भने महामारीपछि यो संख्या तीव्र रूपमा बढेको छ।

आर्थिक वर्ष २०७५/७६ मा २९६६ वटा उजुरी दर्ता भए पनि २०७६/७७ मा ३२७५ पुगेको थियो। महामारीको चरम समयमा २०७७/७८ मा यो संख्या घटेर २३११ मा झरेको थियो। तर, मन्दीका कारण २०७८/७९ मा ५३७० र २०७९/८० मा १२ हजार ३० उजुरी दर्ता भएका थिए।

चालु आर्थिक वर्ष २०८१/८२ मा चैत्रसम्ममा नै ९८०६ उजुरी दर्ता भइसकेको छ। यो तथ्यांकले नेपालमा आर्थिक मन्दी र यसको प्रभावका रूपमा चेक बाउन्सका घटनाहरू लगातार बढिरहेको देखाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको