Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा रिहा

अर्थ संसार

विहीबार, १९ असार २०८२, १७ : ४४ मा प्रकाशित

पत्रकार दिलभूषण पाठक २५ हजार धरौटीमा रिहा

साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतमा उपस्थित भएका पाठकमाथि न्यायाधीश खेमराज भट्टराईको इजलासमा थुनछेक बहस सम्पन्न भएको थियो ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा १६ असारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध मुद्दा दायर गरेको हो । हिल्टन होटलसम्बन्धी भिडियोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडिएको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो । उच्च अदालतले पूर्व आदेशमार्फत पक्राउ नगर्न भनेकाले प्रहरीको अनुरोधमा उनलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको