अर्थ संसार, रौतहट– रौतहटमा आज बिहान अज्ञात समूहको गोली प्रहारबाट  फरहदवा राजपुर नगरपालिका–९ बालुवा टोलका अब्दुल जबारको छोरा ३५ वर्षीय शेख सैफुल्लाह गम्भिर घाईते भएका छन् ।
सोमबार बिहान करिब ९ः३० बजे राजपुर १ भगवानपुरमा रहेको खेतमा काम गरिरहेको बेला अज्ञात समूहले आएर उनीमाथि गोली प्रहार गरेको थियो ।उनको ढाडमा गोली लागेको बताइएको छ ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल गौर लगिएको छ ।गोली हान्ने व्यक्ति फरार रहेको र प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस