अर्थ संसार, बनियानी, झापा–  झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो । अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस