Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १० : २३ मा प्रकाशित

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को बाँडफाँड सम्पन्न गरेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई वितरण गरिएको छ। बिक्री अवधिमा प्राप्त भएका रितपूर्वकका आवेदनहरूलाई प्रक्रिया पूरा गरी साउन ७ गते ३० लाख कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो भन्ने जानकारी बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको