रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०२५ को पहिलो चरणको कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गर्ने भएको छ।
शाखाले आज सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकलाई साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइन आवेदन दिन सकिने जानकारी दिएको हो।
कुन कुन क्षेत्रमा खुल्ने र कोटा कति हुने भन्ने जानकारी आइसकेको छैन। यसबारे ईपीएस कोरिया शाखाले सूचना प्रकाशन गर्न बाँकी छ। कोरियाली भाषा अध्ययन गरिरहेका धेरै युवाहरू अहिले परीक्षाको पर्खाइमा छन्। परीक्षा कहिलेदेखि हुने भन्ने जानकारी आइसकेको छैन।
शाखाका अनुसार यो परीक्षाबाट करिब ५,३०० जना उम्मेदवार छनोट गरिनेछ। जसमा ३,५०० जना उत्पादनमूलक क्षेत्र र १,८०० जना कृषि तथा पशुपालन क्षेत्रमा समावेश हुनेछन्। कोरियामा कामदारको मागअनुसार यो संख्या घटबढ हुन सक्ने समेत शाखाले स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस