Like us!
Follow us!
Connect us!
Watch us!

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड सार्वजनिक हुँने

अर्थ संसार

बुधबार, २१ साउन २०८२, ११ : ३६ मा प्रकाशित

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ३५ वटा नयाँ ब्रान्ड सार्वजनिक हुँने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भृकुटीमण्डप, काठमाडौंमा सुरु भएको छ। अर्थमन्त्री विष्णु पौडेलले सो एक्स्पोको उद्घाटन गरेका छन्।

यस वर्षको एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक गरिनेछन्। १५ वटा दुईपाङ्ग्रे, १५ वटा चारपाङ्ग्रे र ५ वटा व्यवसायिक सवारी साधनहरू पहिलो पटक प्रदर्शन गरिने तयारी छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कम्पनी र संस्थाहरूले यस कार्यक्रममा भाग लिएका छन्।

कार्यक्रमका प्रमुख प्रायोजकहरूमा खल्ती बाई आईएमई (टिकेटिङ पार्टनर), माउण्टेन ड्यू (बेभरेज पार्टनर), हिमालयन जाभा (ब्रुइङ्ग पार्टनर), पठाओ (राइड पार्टनर), एचआईके भिजन (सर्भेलेन्स पार्टनर), वर्ल्ड लिङ्क (कनेक्टिभिटी पार्टनर), सोल्टी होटल (हस्पिटालिटी पार्टनर), फ्रन्टलाइन हस्पिटल (मेडिकल पार्टनर), एनसेल (टेलिकम पार्टनर), र मिडिया स्पेस सोलुसन (म्यानेजमेन्ट पार्टनर) रहेका छन्।

प्रदर्शनी अवधिभर आगन्तुकहरूको सहजता र सुरक्षाका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराइएको छ। पठाओले भृकुटीमण्डप गन्तव्यका राइडमा ३० प्रतिशत छुट दिनेछ भने फ्रन्टलाइन हस्पिटलले २४ घण्टा एम्बुलेन्स सेवा र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नेछ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ श्रावण २१ देखि २५ गतेसम्म सञ्चालन हुनेछ र यसमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको