Like us!
Follow us!
Connect us!
Watch us!

नाइमा एक्स्पोमा उद्घाटनकै दिन छैन रौनक (फोटोफिचर)

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १३ : ११ मा प्रकाशित

नाइमा एक्स्पोमा उद्घाटनकै दिन छैन रौनक (फोटोफिचर)

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्पो २०२५ सुरु भएको छ । निकै तामझामका साथ गरिएको एक्पोको उद्घाटनका दिन नै उपभोक्ताहरुको निकै न्यून उपस्थिति रहेको छ । 

नेपाल पुलिस क्लबको हलमा आयोजना गरिएको उद्घाटन समारोहमा निकै कम मानिसहरुको उपस्थिति रहेको थियो ।

तोकिएको समयभन्दा ढिलो सूरु भएको कार्यक्रम स्थलमा अधिकांश कुर्सीहरु खालीखालि रहेका थिए । सवारीसाधन तथा ई–मोबिलिटी क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्सपो साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । सुरुकै दिनमा खालीखालि स्टलहरुले एक्पोको सफलतामा नै प्रश्न उठ्ने खतरा देखिएको छ । 

१५ वटा दुईपाङ्ग्रे, १५ वटा चारपाङ्ग्रे र ५ वटा व्यवसायिक सवारी साधनहरू पहिलो पटक प्रदर्शन हुने बताइएको छ । तर मेलामा आकर्षण भने देखिएको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कम्पनी र संस्थाहरूले यस कार्यक्रममा भाग लिन समेत जनाइएको छ ।  साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने एक्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू सहभागी हुने बताइएको छ । तर अबलोकनकर्ताको न्यून सहभागिताले यो एक्पोले सोचेजस्तो सफलता नपाउने देखिन्छ ।

तस्बीर-:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको