Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र Skywalk Nepal बीच सेवा शुल्क छुट सम्झौता

अर्थ संसार

विहीबार, २२ साउन २०८२, १० : ३८ मा प्रकाशित

कामना सेवा विकास बैंक र Skywalk Nepal बीच सेवा शुल्क छुट सम्झौता

कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित Skywalk Nepal सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले Skywalk Nepal को टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र Skywalk Nepal का विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको