Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १७ : २१ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कामना सेवा विकास बैंकले रूपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यामिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो । 

लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेको बैंकले जनाएको छ ।  कार्यक्रमको मुख्य उद्घेश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्‍याउनु, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न सहयोग पुर्‍याउनु रहेको बैंकले जनाएको छ । 

सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलका डा. सम्राट पराजुली र डा. आलोक थैव, डा. जीवन आत्रेय र डा. अनिता पुन, डा. कृष्णबहादुर श्रेष्ठ, डा. विश्व तुलाचन, डा. प्रकाश भट्टराई र डा. स्मिता दर्लामीेले प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको