डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । जुलाई ३० देखि अगस्ट २ सम्म चलेको यस प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गरेको थियो ।
प्रतियोगितामा बैंकिङ, बीमा, ट्रेडिङ, आईटी, अटोमोबाइल र उत्पादन लगायतका विभिन्न क्षेत्रबाट आएका ३२ कर्पोरेट टोलीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताअघि टोलीका कप्तानहरू, प्रबन्धकहरू तथा प्रतिनिधिहरूले डी.ए.भी. बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरी नेतृत्वको आयोजक समितिसँग छलफल गरेका थिए। यस सत्रको समापन धन्यवाद ज्ञापन गर्दै चौधरीले गरेका थिए ।
प्रतियोगिताको भव्य उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग–शैक्षिक साझेदारीको महत्वबारे चर्चा गरे । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवासले स्वस्थ्य मस्तिष्क र शरीरका लागि खेलकुदको भूमिकामाथि जोड दिए । डी.ए.भी. बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदलाई व्यावसायिक एकता र दृढताको माध्यमका रूपमा औपचारिक रूपमा प्रतियोगिता उद्घाटन गरे ।
प्रतियोगितामा ३२ लिग खेल तथा १५ नकआउट चरणहरू पार गर्दै डिश होम प्रा.लि. र कोड हिमालय प्रा.लि.बीच फाइनलमा पुगेका थिए । फाइनल खेलमा डिश होम विजयी हुँदै १ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो । उपविजेता बनेको कोड हिमालयले रु. ५५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो । सहभागी सबै ३२ टोली, प्रायोजक तथा रेफ्रीहरुलाई पनि प्रशंसापत्र प्रदान गरियो ।
प्रतियोगिताले सहभागिहरूबीच व्यावसायिक सञ्जाल विस्तार, समूहगत भावना तथा स्वास्थ्य प्रवद्र्धनमा ठूलो सफलता प्राप्त गरेको छ ।
सहभागीहरूले आगामी संस्करणहरूमा सहभागी हुन उत्सुकता व्यक्त गरे । डी.ए.भी. बिजनेस स्कुलले सम्पूर्ण सहभागी, अधिकारी, प्रायोजक, स्वयंसेवकहरू तथा विशेषगरी मुख्य साझेदारहरू ह्युमन रिसोर्सेज सोसाइटी नेपाल, सुजल डेरी प्रा.लि., सिप्रदी ट्रेडिङ प्रा.लि., र मुसकप्रति हार्दिक आभार प्रकट गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस