Like us!
Follow us!
Connect us!
Watch us!

बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, ०८ : ०१ मा प्रकाशित

बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या

अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ ।

दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ ।प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

हुमा कुरैशीकी काका छाेराको नाम आसिफ कुरैशी हो । ‘आजतक’को रिपोर्टका अनुसार ७ अगस्टको राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा हुमा कुरेशीका भाइबीच गेटबाट स्कुटर हटाएर साइडमा पार्क गर्दा झगडा भएको थियो ।

कुरा यति बढ्यो कि आरोपीले आसिफ कुरेशीमाथि आक्रमण गरे । गम्भिर घाईते आसिफलाई अस्पताल पुर्याएको थियो जहाँ चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको