Like us!
Follow us!
Connect us!
Watch us!

फोर्सका गाडीमा गम्भिर लापरबाही - गुड्दै गर्दा टायर खुस्कने देखि इन्जिन सिज, घर न घाटको भए व्यवसायी

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १२ : ५३ मा प्रकाशित

फोर्सका गाडीमा गम्भिर लापरबाही  - गुड्दै गर्दा टायर खुस्कने देखि इन्जिन सिज, घर न घाटको भए व्यवसायी

शुक्रबार काठमाडौंमा खाटाङका सवारी व्यवसायीहरुले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरुलाई आयाम इन्टरकन्टिनेन्टल कम्पनीले फोर्स गाडी खरिद गर्न लगाएर घर को न घाटको बनाएको बताए । उनीहरुले फोर्सका गाडीमा आएका समस्याहरुले गर्दा व्यवसायीहरु बैंकको कालोसूचीमा पर्नेदेखि पलायन हुनेसम्मको अवस्थामा पुगेको गुनासो गरे । 

कम्पनीले फोर्सका गाडीमा वारेन्टी र ग्यारेन्टीको प्रचार गरेर गाडी किन्न लगाएर व्यवसायीहरुलाई घर न घाटको बनाएको व्यवसायीहरुको गुनासो छ । प्राविधिक रुपमा समस्या आएर व्यवसायीहरुले मर्मतै लागि बढी खर्च गर्नु पर्ने अवस्था देखिएको बताएका छन् । केही पैसा कमाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले गाडी किनेका व्यवसायीहरु बैंकको ऋण र गाडीको मर्मत खर्च नै धान्न नसक्दा अहिले पलायन हुने अवस्थामा पुगेका हुन् । फोर्सका गाडीमा वारेन्टी समय बाँकी रहँदै इन्जिन सिज हुने र गाडीको पावर क्षमता घट्दै जाने देखि गुडिरहेको अवस्थामा चक्का खुस्किएर दुर्घटना हुने गरेको छ । तर कम्पनीले त्यस्ता समस्याहरुलाई समाधान गर्नुको सट्टा उल्लटो पावरको धम्की दिने गरेको दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राइले बताए । खोटाङदेखि काठमाडौं लगायत तराइका क्षेत्रमा सञ्चालन हुने गरेको फोर्सका गाडी अहिले सबै बिग्रेर थन्किएको व्यवसायीहरु बताउँछन् । 
बिग्रेपछि मर्मतका लागि कम्पनीले चासो पनि नदिएको र गाडी जहाँ बिग्रियो सोहि स्थानमा थन्किने अवस्था देखिएको महासचिव राइको भनाइ छ ।

व्यवसायीहरुले २०७२ साल देखि यस्ता दुःखहरु भोग्दै आएको बताएका छन् । सो समयमा फोर्सको गाडी किनेका संघका तत्कालीन अध्यक्ष महेश तामाङले २०७३ साल देखिनै समस्या भोग्दै आएको बताए । उनले ९ सिट क्षमताको गामा जिप खरिद गरेको संघले फोर्सका गाडी भित्र्याएको जनाएको छ । कम्पनीले गाडीको मजबुदि र विश्वसनीयताको बारेमा दिएको आश्वासनले खरिद गरे पनि अहिले व्यवसायीहरुलाई ति गाडि निल्नु न ओकल्नु भएका छन् । न मर्मत गर्नका लागि कम्पनीले कुनै चासो दिएको छ न व्यवसायीहरुले गाडी किन्दाको ऋण तिर्न सकेका छन् । ‘व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने अनि आफू पनि स्वदेशमै केही गर्नु पर्छ भनेर गाडी किनेका व्यवसायिहरु अहिले रुनु न हास्नुको अवस्थामा रहेका छन्,’ महासचिव राइले भने । 

कम्पनीको आश्वासन पछि महासचिव राइले पनि २०७३ साल जेठ ११ गते १३ सिट क्षमताको क्रुजर फोर ह्वील जिप खरिद गरे । जुन जिपको मूल्य ४० लाख ५० हजार रुपैयाँ थियो । जसमा उनले ८ लाख १० हजार डाउन पेमेन्टमा उक्त गाडी खरिद गरे । बाँकी रकमका लागि उनले सिद्धार्थ बैंक महाराजगञ्ज शाखाबाट ऋण लिए । आम्दानी गरेर आफ्नो व्यवहार चलाउने आसामा खरिद गरिएको गाडी एक महिना पछि आफै बिरामी भयो । २०७३ सालको असार २५ गते खोटाङको दिक्तेल स्थिति कारागार नजिकै गुडिरहेको अवस्थामा गाडीको इन्जिन एक्कासि सिज भयो । नयाँ गडी त्यो पनि टेष्ट ड्राइभमा भएको समयमा नै उक्त गाडीमा समस्या आयो ।  इन्जिन सिज भए पछि उक्त राइले उक्त गाडी फिर्ता लिएर नयाँ गाडी उपलब्ध गराउनका लागि आग्रह गरे । कम्पनीले पनि वारेन्टी भएकाले चिन्ता लिनु नपर्ने जबाफ दियो । कम्पनीका एम.डी राजन लम्सालले तुरुन्तै मर्मत गरिदिने आश्वासन दिए । त्यस पछि कम्पनीका प्राविधिकहरु काठमाडौंबाट खोटाङ पुगेर गाडीको सिज भएको इन्जिन खोलेर काठमाडौं ल्याएर मर्मत गरि पुनः जडान गरिदिए । मर्मत पछि अब इन्जिनमा कुनै पनि समस्या नआउने र कुनै समस्या आए सम्पूर्ण जिम्मेवारी कम्पनीले लिने भनियो । तर, समस्या भने समाधान हुन सकेन् । त्यस पछि उक्त गाडीलाई देशकोशी नदिमा बेलिब्रिज जडान भए पछि राइले काठमाडौं ल्याएर कम्प्नकिा बजार व्यवस्थापक सन्तोष नेपाललाई जाबी बुझाए । गाडीले भने अनुसार सेवा नदिएकाले उनले कम्पनीसँग क्षतिपूर्ती पनि माग गरे । 

त्यस पछि कम्पनी र राइ बीच २०७४ साल असार ८ गते दुई वर्षसम्म गाडीमा कुनै पनि खराबी आएमा सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने सम्झोता भयो । त्यस पछि राइले फेरि त्यो गाडी सञ्चालन गर्न थाले । गाडीमा समस्या आइनै रह्यो भने सम्झौता कागजमै सिमित भयो । कार्यान्वयन भएन् । २०७४ सालको कत्तिम महिनामा फेरि गाडीको इन्जिन सिज भयो । त्यस पछि उनले उक्त गाडीको मर्मतका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च गरे । केही किलोमिटर कुदे पछि फेरि समस्या आयो । त्यस पछि उनले २०७५ साल मंसिमा उक्त गाडीको जाबी उनले कम्पनीको पेप्सीकोलामा रहेको ग्यारेजमा जिम्मा लगाए । त्यसको जानकारी उनले कम्पनीका प्रवन्ध निर्देशक राजन लम्साल र बजार व्यवस्थापक सन्तोष नेपाललाई दिए । त्यसपछि भने कम्पनीले उनलाई गाडीमा आएको समस्याका विषयमा माथिल्लो निकायसँग छलफल गरेर जानकारी दिने बतायो । तर आज ६ वर्ष भन्दा बढी समय वितिसक्दा पनि कम्पनीले आश्वासन पुरा गरेन । अनि गाडी अहिले पनि ग्यारेजमै थन्किएको छ । कमाउने गाडी ग्यारेजमा थन्किएकाले आफूलाई बैंकको ऋणको साँवा र व्याज तिर्नका लागि नै निकै गाह्रो भएको राइले सुनाए । राइले कम्पनीमा २०८१ सालको पुस २४ गते क्षतिपूर्ती माग गर्दै लिखित निवेदन पनि दर्ता गरे । तर कम्पनीले उनको उक्त निवेदनको सुनुवाइ गर्नु पर्नेमा गाडी मर्मत गरेको खर्च गाडी धनीले व्यहोर्नु पर्ने र कुनै क्षतिपूर्ती नदिने भन्दै उल्टै धम्काउने काम भएको राइको भनाइ छ । 

यो कम्पनीको अध्यक्ष अहिले अटोमोबाइल्स एसोशिएसन (नाडा) का पूर्व अध्यक्ष ध्रुव बहादुर थापा रहेका छन् । उनले आफू नाडाको पूर्व अध्यक्ष रहेको र पहुँच माथिसम्म भएकाले आफूलाई कसैले पनि केही गर्न नसक्ने भन्दै क्षतिपूर्ती दिने विषयमा चासो नदिएको राइको आरोप छ । 

कम्पनीले दिएका सबै आश्वसन झुट 

व्यवसायीहरुले आयाम इन्टरकन्टिनेन्टले दिएका सबै आश्वासन झुट पाइएको आरोप लगाएका छन् । गाडीमा जर्मन कम्पनीको विश्वप्रसिद्ध मर्सिडिज बेन्जको इन्जिन जडान भएको भनिएको भए पनि इन्जिनमा सधै समस्या आएको उनीहरुको भनाइ छ । इन्जिन, गियरबक्स र क्राउनमा ३ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी भनिएको तर व्यवहारमा भने त्यस्तो केही नभएकाले आफूहरु मारमा परेको व्यवसायीहरुको भनाइ छ । 
फोर्सका गाडीमा देखिएका समस्याहरु 
इन्जिन सिज - फोर ह्वील गाडी किनेको एक महिनामै गड्दागुड्दै इन्जि सिल हुने गरेको व्यवसायीहरुको भनाइ छ । 
टायर फुत्किने - गाडी गुडिरहेकै अवस्थामा पटक पटक टायर फुत्किने 
कमजोर पाटपुर्जा - गाडीको चक्का मोडनका लागि प्रयोग हुने टक्सन रड पिच सडक मै पनि भाचिने गरेको 
गाडीको सेन्टर रड बारम्बार खुस्किने 
छिटो बिग्रेने र महँगो पाटपुर्जा 
तेहेरो मारमा व्यवसायी 

व्यवसायीहरुले बिच बाटोमा गाडी बिग्रदा थप गाडी पठाएर यात्रुलाइ गन्तव्यमा पुर्याउनु पर्दा तेहेरो मार खेप्नु परेको व्यवसायीहरुको भनाइ छ ।

गाडी मर्मत,अर्को गाडी पठाउँदा थप खर्च, अनि १३ जना बोक्ने फोर्स बिग्रदा २ वटा सुमो पठाउँदा थप खर्च लाग्ने गरेको उनीहरुको भनाइ छ । एकातिर गाडीबाट हुने आम्दानी शून्य अर्को बैंकको किस्ता, यात्रुको व्यवस्थापनको अतिरिक्त खर्चले व्यवसायीहरु टाट पल्टने अवस्था आएको महासचिव राइको भनाइ छ । लामो समय कुर्दा पनि मागको सुनुवाइ नभएको भन्दै अब पनि माग सुनुवाइ नभए थप कडा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने व्यवसायीहरुको भनाइ छ । उनीहरुले कम्पनी माग पुरा नगरेमा कडा रुपमा प्रस्तुत हुने पनि बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको