सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरेको छ।
साहले वडा नम्बर ६ मा नाला निर्माण योजना सम्पन्न भई भुक्तानी प्रक्रियाको क्रममा सेवा ग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए। उनलाई अख्तियारले रंगेहात घुससहित पक्राउ गरेको थियो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसार कैद र एक लाख रुपैयाँ बिगो बराबरको जरिवाना माग गर्दै शुक्रबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको जनाएको छ।
आयोगका अनुसार साहले लिएको घुस रकमलाई नै बिगो ठहर गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस