काठमाडौंको नापी कार्यालय, कलंकी का कार्यालय सहयोगी एकेन्द्र कुँवर घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। साथै, सोही कार्यालयका प्रमुख र सर्भेक्षकको मोबाइल फोनहरू पनि बरामद गरिएको छ।
कुँवरले चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जाको लागि आएका एक सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी गराएपछि निगरानीमा राखिएको थियो।
निगरानीको क्रममा घुस रकम लिँदै गरेको अवस्थामा कुँवरलाई अख्तियारको टंगालस्थित टोलीले कार्यालय परिसरमै रंगेहात पक्राउ गरेको हो।
अख्तियारका अनुसार, उक्त घटनामा कार्यालय प्रमुख र सर्भेक्षकको संलग्नता पनि हुन सक्ने शंका गरिएको छ। त्यसैले उनीहरूका क्रमशः दुईवटा र एकवटा मोबाइल फोन समेत बरामद गरिएको हो। साथै, पक्राउ परेका सहयोगी कुँवरको पनि एकथान मोबाइल बरामद गरिएको अख्तियारले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस