हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले पछिल्लो आर्थिक वर्षमा मुनाफा वृद्धि गर्दै वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । यद्यपि वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक रहेको छ।
नाफा
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२.१५ प्रतिशतले बढेको छ।
वितरणयोग्य मुनाफा
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँले ऋणात्मक नै थियो।
सञ्चालन मुनाफा
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ८८.४१ प्रतिशतले बढेको छ।
ब्याज आम्दानी
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ९.९९ प्रतिशतले बढेको छ।
चुक्तापुँजी/रिटिन्ड अर्निङ/रिजर्भ
चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको रिटिन्ड अर्निङमा ७ अर्ब १० करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा २२ अर्ब ४० करोड ७९ लाख रुपैयाँ थियो।
निक्षेप संकलन/कर्जा लगानी
समीक्षा वर्षमा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
खराब कर्जा
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात बढेर ७.२८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.९८ प्रतिशत थियो।
प्रतिसेयर आम्दानी
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ६.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ५.७२ रुपैयाँ थियो।
प्रतिसेयर नेटवर्थ
पीई रेसियो ३३.९८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस