सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १४२.७६६ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले गत आवमा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा ५ करोड ६९ लाख रुपैयाँ मात्रै रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको असार मसान्तसम्म ८१ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको अन्तिमसम्ममा ६५ करोड ६२ लाख रुपैयाँ मात्रै थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ७५ करोड ६ लाख रुपैयाँबाट बढेर ९३ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २० करोड २६ लाख रुपैयाँबाट बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । रिजर्भमा ३९ करोड रुपैयाँ जम्मा गरेको कम्पनीको जगेडा कोषमा ११ करोड ३ लाख रुपैयाँ छ जुन अघिल्लो वर्ष २० करोड ४१ लाख रुपैयाँ थियो ।
प्रतिसेयर आम्दानी दोब्बरले वृद्धि भएर १२.५० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४५.२५ रुपैयाँ छ । खराब कर्जा ६.११ प्रतिशतबाट ४.७० प्रतिशतमा झरेको कम्पनीको वितरणयोग्य नाफा ७ करोड ६८ लाख रुपैयाँ छ । यस कम्पनीले ११ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ जसबाट ५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस