नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेने बीच द्धीपक्षीय छलफल भएको हो ।
स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितमा व्यापार प्रवद्र्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा, सीप विकास, ज्ञान आदानप्रदान लगायतका विषयमा छलफल गरेका छन्। यस अवसरमा डा. ढकाल र रियारा इ रेनेका साथै आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि उपस्थिती रहेको थियो ।
आईआरजीडीडी नेपालमा आधारित एक स्वतन्त्र, गैर–पक्षीय र गैर–नाफामुखी थिंक ट्याङ्क हो। यो संस्था विश्वव्यापी मामिलामा विश्लेषण र रणनीतिक सल्लाह प्रदान गर्दै नवप्रवर्तनलाई प्रोत्साहित गर्न समर्पित छ, साथै सरोकारवालाहरूलाई सशक्त बनाउन मद्दत गर्दछ।
आईआरजीडीडीले विशेषज्ञता, वास्तविक–विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिलामा अन्तर्दृष्टि, कठोर वैज्ञानिक अनुसन्धान र प्रभावकारी रणनीतिक व्यवस्थापन मार्फत प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रुपमा काम गर्दछ। स्पेनी चेम्बर अफ कमर्स भने स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हितलाई प्रवद्र्धन र रक्षा गर्ने सार्वजनिक संस्था हो। यसले स्पेन भित्र र बाहिर चेम्बर अफ कमर्सको नेटवर्कको समन्वय र प्रतिनिधित्व गर्दै व्यवसायहरू बीच सहकार्यलाई बढावा दिने उद्देश्य राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस