Like us!
Follow us!
Connect us!
Watch us!

जेभियर इन्टरनेशनल कलेजको आयोजना हुन लागेको एजुकेशन फेयर रोक्न इक्यानको माग, विभागलाई लेख्यो पत्र

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १३ : ४८ मा प्रकाशित

जेभियर इन्टरनेशनल कलेजको आयोजना हुन लागेको एजुकेशन फेयर रोक्न इक्यानको माग, विभागलाई लेख्यो पत्र

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले स्वीकृति नलिई आयोजना गरिएको शैक्षिक मेला रोक्न आग्रह गरेको छ । इक्यानले कम्पनीले आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्र पठाएको हो । 

इक्यानले विभागलाई पत्र पठाउँदै जेभियर इन्टरनेशनल कलेजमा भइरहेको एजुकेशन फेयर रोक्न पत्र पठाएको हो । जेभियर इन्टरनेशनल कलेजको आयोजनामा आजदेखि काठमाडौँमा मेला सञ्चालन भइरहेको उल्लेख गर्दै, यस्तो कार्यक्रम रोक्न विभागलाई आग्रह गरिएको हो । 

ईक्यानले जारी गरेको विज्ञप्ति अनुसार केही संस्था वा व्यक्तिहरूले अनुमति नलिई शैक्षिक मेला सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यस्ता मेलाहरूले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रतिकूल प्रभाव पार्ने भन्दै इक्यानले सचेत गराएको हो ।

ईक्यानका अध्यक्ष शेषराज भट्टराईद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘यस प्रकारका मेलाले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रभाव पार्न सक्ने भएकाले तत्काल प्रभावबाट रोकथाम तथा आवश्यक कारबाहीका लागि अनुरोध गर्दछौँ ।’


 

689c4798617d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको