Like us!
Follow us!
Connect us!
Watch us!

८ वर्षको विश्व नं.१ नेतृत्वको उत्सवमा याडिया : विशेष छुट, अब मूल्य २ लाख ४५ हजार

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १७ : ०२ मा प्रकाशित

८ वर्षको विश्व नं.१ नेतृत्वको उत्सवमा याडिया : विशेष छुट, अब मूल्य २ लाख ४५ हजार

लगातार ८ वर्षसम्म विश्वको नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले उच्च प्रदर्शनयुक्त याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ । अब यसको मूल्य अघिल्लो रु. २ लाख ८५ हजारबाट घटाएर २ हजार ४५ हजार कायम गरिएको हो । 

यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँछ । याडिया Velax ती सवारहरूको लागि बनाइएको हो । जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन् । ३२०० W मोटर र १७२ N·m टर्क सहित, यसले ६२ किमी/घण्टा को उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ । यसको ३०Ah / ७२V  LFP (Lithium Iron Phosphate) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ ।

डिजाइन र सुविधाको दृष्टिले, Velax मा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल, र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS जस्ता विशेषताहरू छन्। यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ । याडियाले Velax मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष /५० हजार किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ । 

विशेष अफर – सीमित स्टक मात्र

नयाँ रु. २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ । स्टक सकिएपछि ख्भबिह पुनः अघिल्लो मूल्यमा फिर्ता हुनेछ ।

याडिया बारेमा

याडिया १०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेछ । कुजु नेपाल प्रा. लि. २०२० देखि नेपालमा याडियाको आधिकारिक वितरक रहँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको