Like us!
Follow us!
Connect us!
Watch us!

आर्यघाटमा जलिरहेको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १४ : ०७ मा प्रकाशित

आर्यघाटमा जलिरहेको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२, कपनमा बसोबास गर्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका-६ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका-७, गौरीघाटमा बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादव उक्त कार्यमा सहयोग पुर्‍याउने व्यक्ति हुन्। प्रहरीले ठाकुरको साथबाट प्लास्टिकको पोकोमा राखिएको अवस्थामा हड्डीको धुलो र खरानीजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

यसअघि पनि प्रहरीले शव जलिरहेका बेला हड्डी निकालेर बेच्ने कार्यमा संलग्न रहेको आरोपमा गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । २३ साउन दिउँसो पशुपति आर्यघाटको २ नम्बर चितामा जलिरहेको शवबाट उनीहरूले हड्डीसहितको खरानी निकालेर बेचेको आरोप लागेको थियो। ढकाल र मैनालीलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान जारी छ।    

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको