Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंक - नाफा ४ अर्ब, अधिकांश सूचकमा देखियो सुधार, कति छ लाभांश क्षमता ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १० : ३७ मा प्रकाशित

प्राइम  कमर्सियल बैंक - नाफा ४ अर्ब, अधिकांश सूचकमा देखियो सुधार, कति छ लाभांश क्षमता ?

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब २ करोठ ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा  १४.७२ प्रतिशतले बढी  हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको मुनाफा ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

 बढ्यो खुद ब्याज आम्दानी र सञ्चालन नाफा

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब ८८ करोड २७ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ३१ करोड २९ लाख रुपैयाँ रहेको प्राइम बैंकको सञ्चालन नाफा गत आर्थिक वर्षको सोहि अवधिमा बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

खराब कर्जामा वृद्धी

बैंकको खराब कर्जा भने बढेको देखिएको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको हो ।

वितरणयोग्य नाफा  बढ्यो

वितरणयोग्य नाफा भने ९९ करोड ५३ लाख रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ पुगेको हो । यस आधारमा बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत रहेको छ ।

चक्तापूँजी/जगेडा कोष

समिक्षा अवधिमा बैंकको चक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चिति रहेको छ ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

बैंकको प्रतिसेयर आम्दानी १९.४५ रुपैयाँबाट बढेर २०.७४ रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ पनि १७३.७२ रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको