मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/०८२ सम्म साढे १ अर्ब माथि मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले आफ्नो नाफा ३०.७० प्रतिशतले बढाएर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
बढ्यो खुद ब्याज आम्दानी/सञ्चालन मुनाफा
गत आर्थिक वर्षसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशतले बढेर ४ अर्ब ५५ करोठ ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको उक्त आम्दानी ४ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७० करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको मुक्तिनाथले गत आर्थिक वर्षमा बढाएर २ अर्ब २३ करोड रुपैयाँ पुराएको हो ।
खराब कर्जामा वृद्धि
यो अवधिमा बैंकको खराब कर्जा भने केहि बढेको छ । अघिल्लो आर्थिक वर्षमा २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्षमा सामान्य बढेर २.७५ प्रतिशत पुगेको छ ।
वितरणयोग्य नाफा
यसअवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले लगानीकर्तालाई २०.७५ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ ।
चुक्तापूँजी/ जगेडा कोष
बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष सञ्चिति २० करोड ५ लाख रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.८२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६९.९५ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस