Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १६ : ४५ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण


कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकका संचालक भिम प्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायाब उपरीक्षक इन्द्र बहादुर रानालाई हस्तान्तरण गरेका हुन् । 

बैंकका संचालक भिम प्रसाद तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री र सालिकराम खनाल र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल–बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रममा बोल्दै बैंकका संचालक भिम प्रसाद तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमको संचालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको