Like us!
Follow us!
Connect us!
Watch us!

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १८ : १८ मा प्रकाशित

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण

सामसङले आज आफ्नो प्रमुख CSR  पहल, सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुर्विय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ। यसैको साथै, अब नयाँ ब्याचको AI र Big Data को तालिम सुरु हुनेछ जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षताहरूसँग सज्ज हुनेछन्।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो. डा. दीपक आर्यल, पुर्विय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो। सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक, जयन्त मणि कायस्थले भने, “कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं। सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी AI, Big Data र IoT को तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौं।”

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई AI, IoT, Big Data, र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ।

इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्रो. डा. सुशील बी. बज्राचार्यले भने, “नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौं।”

यस कार्यक्रममा प्राविधिक सीपको साथै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता Soft Skills को पनि तालिम दिइन्छ। साथै, विद्यार्थीहरूले AI, Big Data, कोडिङ र प्रोग्रामिङ, र IoT प्रविधिहरू प्रयोग गरी सामाजिक महत्वका परियोजनाहरूमा पनि काम गर्छन् जसले वास्तविक संसारका चुनौतीहरूको समाधान गर्न मद्दत गर्छ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडको बारेमा:

सामसङले रूपान्तरणकारी विचार र प्रविधिहरूको सहाराले संसारलाई प्रेरित गर्छ र भविष्यलाई आकार दिन्छ। कम्पनीले टिभी, स्मार्टफोन, वेयरेबल्स, ट्याब्लेट, गृह उपकरण, नेटवर्किङ, मेमोरी, सिस्टम एलएसआई, फाउन्ड्री, चिकित्सा इमेजिङ, HVAC, रोबोटिक्स, र हर्मन मार्फत अभिन्न अटोमोटिभ र अडियो उत्पादनहरूमा नयाँ मानक स्थापित गर्दै आएको छ। स्मार्टथिङ्स इकोसिस्टम, साझेदारहरूसँग खुला सहकार्य, र यसको सम्पूर्ण पोर्टफोलियोमा AI को एकीकरणको सहाराले सामसङ एक सहज र बुद्धिमती जडान अनुभव प्रदान गर्दछ। थप जानकारीको लागी news.samsung.com मा जानुहोला।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको