Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव 2.0 आयोजना हुदै

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, १७ : ३८ मा प्रकाशित

नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव 2.0 आयोजना हुदै

नेपालका युवा विद्यार्थीहरूमाझ प्राविधिक नवप्रवर्तन र डिजिटल सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Tech Gurkha Digital Services र Cyber Ghar ले राष्ट्रिय स्तरको ह्याकाथन CyberUtsav 2.0 को आयोजना गर्ने योजना गरेको छ । यस राष्ट्रिय स्तरको कार्यक्रमलाई सफल बनाउन Sajha SapanaNexus Events ले सह-आयोजकको भूमिका निर्वाह गरेका छन् । साथै, Google Developer Group Kathmandu र Hack Club Nepal ले प्राविधिक साझेदारको रूपमा सहकार्य गरेका छन् । कार्यक्रमका संयोजक तथा टेक गुर्खा डिजीटल सर्भिसेस प्रा.लि.का कार्यकारी निर्देशक दिक्षान्त पाण्डेका अनुसार, यो राष्ट्रिय ह्याकाथन यसै भदौ महिनामा देशका चार प्रमुख सहरहरूमा आयोजना हुनेछ ।

यो कार्यक्रम इटहरीमा भदौ ११ देखि १३, पोखरामा भदौ १६ देखि १८, चितवनमा भदौ २१ देखि २३, र काठमाडौँमा भदौ २६ देखि २८ गतेसम्म चल्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने भदौ २९ गते काठमाडौँमा आयोजना हुनेछ । आयोजकका अनुसार, चितवन संस्करणमा कक्षा ११ र १२ (+२ स्तर) का विद्यार्थीहरू मात्र सहभागी हुन सक्नेछन् भने काठमाडौँ, पोखरा र इटहरीमा +२ स्तरदेखि स्नातक तहको पहिलो वर्षसम्मका विद्यार्थीहरूले सहभागी हुन सक्नेछन् ।

यस राष्ट्रिय कार्यक्रममा आधिकारिक बीमा साझेदार (Official Insurance Partner) को रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लि. र Education Partner को रुपमा Edusanjal रहेको छ । त्यसैगरी, काठमाडौँ संस्करण तथा ग्राण्ड फिनालेको मुख्य आयोजकको रुपमा Gateway College ले सहकार्य गरेको छ । कार्यक्रमलाई अन्य सहरहरूमा स्थानीय संस्थाहरूले सहकार्य गर्नेछन्, जस अन्तर्गत इटहरीमा Education Planet र विश्व आदर्श कलेजको सहकार्य रहेको छ भने पोखरामा Interact Club of Lake Side र SOS Hermann Gmeiner School Gandaki को सहकार्य रहेको छ भने चितवनमा Aroma College को सहकार्य रहेको छ ।

विद्यार्थीहरूलाई के फाइदा?

CyberUtsav 2.0 ले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक परियोजनामा ​​रूपान्तरण गर्ने अवसर प्रदान गर्दछ । यसले युवाहरूलाई आफ्नो सिर्जनशीलता देखाउन, टिममा सहकार्य गर्दै एक अर्काको सीप तथा सिर्जना आदनप्रदान गर्न, वास्तविक समस्या पहिचान गरि समाधान गर्ने क्षमताको बिकास गर्न र बिभिन्न उद्योग तथा सूचना प्रविधि क्षेत्रका अनुभवी विशेषज्ञहरूबाट प्रत्यक्ष मार्गदर्शन एवं प्रत्यक्ष मेन्टरसिप प्राप्त गर्न सहयोग पुर्याउनेछ । साथै, ग्रान्ड फिनालेमा उत्कृष्ट तीन प्रोजेक्टहरूले कुल एक लाख रुपैयाँ राशिको आकर्षक नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर हरु प्राप्त गर्न र भविष्यका लागि आफ्नो पहिचानको पोर्टफोलियोलाई बलियो बनाउन सक्नेछन् ।

यस कार्यक्रम आयोजकका अनुसार, "CyberUtsav 2.0 युवाहरूलाई प्रविधि मार्फत आफ्नो सिर्जनशीलता प्रदर्शन गर्ने एउटा सुनौलो अवसर हो । हाम्रो लक्ष्य विद्यार्थीहरूलाई वास्तविक समस्या समाधान गर्न प्रेरित गर्नु र उनीहरूको प्रतिभा तथा पहिचानलाई सही दिशा दिन यो कार्यक्रम गर्न लागिएको बताउछन ।"

यी सबै सहरमा सहभागीहरूका लागि दर्ता निशुल्क रहेको छ । ग्रान्ड फिनालेमा सहभागी हुन आउने बाहिरी सहरका सहभागीहरूको खर्च आयोजकले नै व्यहोर्ने बताइएको छ । इच्छुक विद्यार्थीहरूले २ देखि ४ जनासम्मको टोली (टिम) बनाएर आवेदन दिन सक्नेछन् । थप जानकारी तथा सहभागी दर्ताका लागि www.cyberutsav.com वेबसाइटमा जान सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको