अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा आज कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस