Like us!
Follow us!
Connect us!
Watch us!

विशेष अदालतः छ महिनामा ५८ मुद्दा फछ्र्योट

मंगलबार, २३ माघ २०७४, १५ : ५७ मा प्रकाशित

विशेष अदालतः छ महिनामा ५८ मुद्दा फछ्र्योट

अर्थ संसार, काठमाडौँ–  विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट हुने गरेको पाइएको छ ।

तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फछ्र्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आव २०७३\७४ का २३२ बाँकी र चालु आव २०७४÷७५ का ८८ मुद्दामा ५८ वटा फछ्र्योट भएको हो ।

अदालतका उपरजिष्ट्रारसमेत रहनुभएका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारणले कम मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो ।

‘‘विशेष अदालतमा दायर हुने मुद्दाको प्रकृति पनि अलि गम्भीर प्रकारको हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘एउटै मुद्दा फछ्र्योट गर्नका लागि धेरै दिन लाग्छ । त्यसैले मुद्दा फछ्र्योट गर्न ढिलाइ भएको हो ।’’ अदालतले गत पुस मसान्तसम्म ४९ र माघमा नौ मुद्दा मात्र फछ्र्योट गरेको हो ।

अदालतमा दुई वर्ष नाघेका १८, एक वर्ष छ महिनादेखि दुई वर्षसम्मका ४० र एक वर्ष ६ महिनासम्मका २०८ मुद्दा छन् । अदालतले सम्पत्ति शुद्धीकरण, राज्यविरुद्धका अपराध र भ्रष्टाचारसम्बन्धी मुद्दा मात्र हेर्ने गरेको छ ।

अहिले दुई इजलास रहेको विशेष अदालतमा अध्यक्ष बाबुराम रेग्मीसहित पाँच सदस्यले फैसला गर्ने गरेका छन् । विसं २०५९ मा स्थापित अदालतमा सरकारवादी मुद्दा मात्र दर्ता हुने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको