Like us!
Follow us!
Connect us!
Watch us!

'एकै पटक सञ्जाल बन्द गर्दा भिपिएनको प्रयोग बढ्छ, नागरिक थप जोखिममा पर्छन'

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १२ : ४६ मा प्रकाशित

'एकै पटक सञ्जाल बन्द गर्दा भिपिएनको प्रयोग बढ्छ, नागरिक थप जोखिममा पर्छन'

नेपाल सरकारले हिजोदेखि फेसबुक लगातय सामाजिक सञ्जाल नचल्ने निर्णय कार्यान्वयनमा ल्यायो । अहिले यो विषयको विरोध पनि भइरहेको छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको थियो । जसले गर्दा सबैभन्दा बढी प्रभाव फेसबुक प्रयोगकर्तालाई परेको छ । 

नेपाली समाजमा फेसबुक यस्तो आवश्यक माध्यम भइसक्योकी यसको प्रयोग विदेशमा रहेका छोरा छोरी देखि लिएर शहरमा बस्ने आफन्तहरुसँग कुरा गर्नका लागि नभइ नहुने माध्यम बनिसकेको छ । यो अवस्थामा एकै पटक प्रतिबन्ध लगाउँदा मानिसहरुले अनावश्यक भिपिएनको प्रयाग गरेर फेसबुक लगायत चिज चलाउन खोज्ने र त्यसले थप जोखिम बढ्न सक्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष हर्क बहादुर सेठीको भनाइ छ । ‘विदेशमा रहेका छोरा छोरीसँग कुरा गर्नका लागि पनि फेसबुक म्यासेन्जर अतिआवश्यक भइरकेको छ । यो अवस्थामा सरकारले बन्द गर्दा कुरा हुन नपाउने र जेलमा बसेजस्तो अवस्था हुन्छ,’ उनले भने । 

कानुनको दायरामा ल्याउनु आवश्यक भए पनि एकै पटक बन्द गर्दा यसले नकारात्मक असर पर्ने उनी बताउँछन् । सरकारले आफू मातहतका कर्मचारीहरु चलाए जस्तो फेसबुकलाई पनि चलाउन खोजेको उनको आरोप छ । ‘कानुनको अधिनमा ल्याउनु पर्ने विषय सकारात्मक भए पनि छोटो समयमा बन्द नै गर्दा असर पर्छ,’ उनले भने । 

अहिले सामाजिक सञ्जालबाटै धेरैको रोजिरोटि चलेको अवस्थामा सरकारले त्यसलाई ध्यानै नदिएर बन्द गर्दा मानिसहरुमा आर्थिक समस्याका साथै मानसिक समस्या पनि आउन सक्ने उनको भनाइ छ । ‘विदेशमा रहेका छोराछोरीसँग कुरा गर्ने मात्रै नभएर सामाजिक सञ्जालबाट राम्रो आम्दानी गरेकाहरुको विषयमा पनि सरकारले केही पनि नसोचेर निर्णय लियो,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको