Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवको प्रस्ताव : संसद्बाट मात्रै होइन, आन्दोलनरत पक्षसहितको समाधान चाहिन्छ

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, १९ : ५१ मा प्रकाशित

विप्लवको प्रस्ताव : संसद्बाट मात्रै होइन, आन्दोलनरत पक्षसहितको समाधान चाहिन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले अहिले देखिएको सरकारको रिक्तता र नयाँ सरकार बनाउने प्रयासलाई नजिकबाट नियालिरहेको बताएका छन्। भिडियो सन्देशमार्फत उनले जेन–जेड आन्दोलनले उठाएको मुद्दा बेवास्ता गरेर संसदभित्रका दलहरू मात्रबाट समाधान खोज्न सम्भव नहुने तर्क गरे।

विप्लवका अनुसार मुलुकलाई वास्तविक निकास दिन आवश्यकताको सिद्धान्तअनुसार आन्दोलनरत शक्तिसहितको सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेछ। संविधानमा आवश्यक संशोधन गर्दै राजनीतिक शक्तिहरू वा नेतृत्वबीचको सहमतिबाट मात्रै मुलुक अघि बढ्न सक्ने उनको भनाइ छ।

उनले अन्तरिम सरकारमार्फत चाँडै निर्वाचन गराउनुपर्ने र त्यसमार्फत शासन प्रणाली र व्यवस्थापिकाको स्वरूपमा आवश्यक सुधार गर्नुपर्ने धारणा राखेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको