Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी काममा फर्किए प्रचण्ड

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, ११ : ५१ मा प्रकाशित

पार्टी काममा फर्किए प्रचण्ड

भदौ २३ र २४ गते जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएका थिए। भदौ २३ गते नयाँ बानेश्वर, काठमाडौं र इटहरी, सुनसरीमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो। त्यसको भोलिपल्ट, भदौ २४ गते, प्रचण्डले सिंहदरबारमा विपक्षी दलहरूको बैठक डाकेका थिए।

तर, आन्दोलन थप उग्र बन्दै गएपछि सेनाले उनलाई सोही स्थानबाट उद्धार गरी सुरक्षा प्रदान गरेको थियो।  स्थिति सामान्य बन्दै गएपछि प्रचण्ड सोमबारदेखि नियमित पार्टी गतिविधिमा फर्किएका छन्। उनी आन्दोलनकारीहरूले क्षति पुर्‍याएको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षण गर्न गएका छन् । यस्तै पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न केही दिनमा पदाधिकारी बैठक बोलाउने उनले तयारी गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको