Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको ब्लुचिप सेयर किन्ने ? लिलामीमा आउँदैछ पुस पहिलो साता

मंगलबार, २१ मंसिर २०७३, १२ : ३६ मा प्रकाशित

लक्ष्मी लघुवित्तको ब्लुचिप सेयर किन्ने ? लिलामीमा आउँदैछ पुस पहिलो साता

अर्थ संसार 

काठमाडौं–लक्ष्मी लघुवित्तले हकप्रद जारी गर्दा नविकेको १५ हजार ९ सय ३ कित्ता सेयर लिलामीमा राखेको छ । 

कम्पनीको सेयर दरिद गर्न चाहनेले पुस ६ गतेदेखि पुस १२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्तिमा सय रूपैयाँदेखि बढी मूल्य तोकेर शिलबन्दी आवेदन दिनु पर्ने छ । धेरै मूल्य कबोल्नेले सेयर पाउने छन् । लिलामीमा सेयर किन्नेले बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा निवेदन दिनु पर्ने छ । 

लक्ष्मी लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ गतेसम्म ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । चाडको विदा परेकाले ५ दिन म्याद थप गरिएको थियो । त्यतिखेर १५ हजार कित्ताका लागि आवेदन परेको थिएन ।

लक्ष्मी लघुवित्तको सेयर ब्लुचिपका रुपमा रहेको छ । एक समय ३ हजार ३ सय रुपैयाँ प्रतिकित्ता भन्दा बढी मूल्य पुगेको यसको सेयर हकप्रद वितरणपछि १७७२ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो पढ्नु भयो ?

क्यासीको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले ११ करोडको सेयर निस्कासन गर्ने, २० प्रतिशत नगद लाभांश स्वीकृत

हवाइ इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घट्यो, हवाइ भाडा घट्ने

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

बजार निरंतर घटेपछि धितोपत्र बोर्डले लियो चासो, हतोत्साहित नभई लगानी गर्न आग्रह

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको