विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।
उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् । महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिएका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस