Like us!
Follow us!
Connect us!
Watch us!

मुलुककी पहिलो महिला प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, २० : ४३ मा प्रकाशित

मुलुककी पहिलो महिला प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले  राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री स्रोतका अनुसार बिहीबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बसेपछि बेलुकी ६ बजे उनको सम्बोधन प्रसारित हुनेछ।

जेनजी आन्दोलनका घटनापश्चात् राजनीतिक तहमा आएको ठूलो परिवर्तनसँगै भदौ २७ गते कार्की मुलुककी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। नेतृत्वको पहिलो चरणमै उनले राष्ट्रसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको भन्दै उनका निकटस्थहरूले यसलाई विशेष महत्व दिएका छन्।

मन्त्रिपरिषद् बैठकमा सरकारका हालसम्मका कदम, आगामी प्राथमिकता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा छलफल हुने बताइएको छ। सम्बोधनमार्फत प्रधानमन्त्रीले राजनीतिक स्थिरता, शान्ति र पुनर्निर्माण प्रक्रियाबारे सरकारको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको