नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग रेको छ । लघुवित्तले विभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृत तृतीय (शाखा अधिकृत) पदमा ११ जना, बरिष्ठ सहायक (शाखा प्रबन्धक) पदमा १५ जना र सहायक प्रथम÷सहायक द्वितीय÷सहायक÷कनिष्ठ सहायक प्रथक (केन्द्र प्रबन्धक) पदमा ११ जना माग गरेको हो ।
शाखा अधिकृत (अधिकृत श्रेणी) का लागि स्नातक÷सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह÷सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको हुनु पर्नेछ । शाखा प्रबन्धक (सहायक श्रेणी) का लागि प्रविणता प्रमाणपत्र तह÷सो सरहको परीक्षामा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको अनुभव भएको वा एसएलसी÷सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ४ वर्षको अनुभव भएको हुनु पर्नेछ ।
केन्द्र प्रबन्धक (सहायक श्रेणी) का लागि प्रविणता प्रमाणपत्र तह÷सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्ष काम गरेको वा एसएलसी÷सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष काम गरेको हुनु पर्नेछ । उमेरको हकमा सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस