पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार भन्दा बढी कर्मचारी निजामती सेवामा प्रवेश गरेका छन् । लोकसेवा आयोगका अनुसार १७ वर्षको अवधिमा २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति लिएका हुन् ।
आयोगको वार्षिक प्रतिवेदन अनुसार वि.सं. २०६४ सालदेखि प्रचलित कानुनमा तोकिएका समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । जसमा २०६४ सालदेखि २०८०/०८१ को अवधिमा विभिन्न ६ समावेशी समूहबाट विज्ञापन गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा मात्रै समावेशी विज्ञापनबाट कुल १ हजार ६६ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा महिलातर्फ ३४१, आदिवासी/जनजातितर्फ २८२, मधेशीतर्फ २४८, दलिततर्फ १०४, अपाङ्गतर्फ ४९ र पिछडिएको क्षेत्रतर्फ ४२ उम्मेदवार सिफारिस भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा सबै समावेशी समूहका उम्मेदवार खुला विज्ञापनतर्फका प्रतिस्पर्धामा समेत सिफारिस भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस