Like us!
Follow us!
Connect us!
Watch us!

आज देखि सर्वोच्च अदालतको सेवा सुरु, रिट निवेदनको ओइरो, प्रतिनिधि सभा विघटनविरूद्ध मात्रै ७ वटा रिट

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १४ : १५ मा प्रकाशित

आज देखि सर्वोच्च अदालतको सेवा सुरु, रिट निवेदनको ओइरो, प्रतिनिधि सभा विघटनविरूद्ध मात्रै ७ वटा रिट

सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई शुरु भएको छ । सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । 

सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएका छन् । मंगलवार दिउसोसम्म सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध सात रिट परेका छन् । जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेका कारण सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन । सर्वोच्च अदालतको संरचनामा प्रदर्शनकारीले ध्वस्त बनाएपछि सर्वोच्चको काम कारबाही प्रभावित भएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको