अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार ३० गतेका लागि आफ्नो साधारणसभा आह्वान गरेको हो ।
साधारण सभा असार ३० गते मंगलबार समय विहान ११ बजे ताम्राकार पार्टी प्यालेसमा सुरु हुने छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८१÷०८२ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु लगायत विषयहरु पारित गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस