Like us!
Follow us!
Connect us!
Watch us!

संविधान जोखिममा छ, निर्वाचनको वातावरण बनेको छैन : सभापति देउवा

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १५ : २३ मा प्रकाशित

संविधान जोखिममा छ, निर्वाचनको वातावरण बनेको छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जोखिममा रहेको बताएका छन् । जेनजी आन्दोलन पछि आज सार्वजनिक भएका देउवाले अहिले संविधान जोखिममा परेको र निर्वाचनको वातावरण समेत नबनेको बताएका हुन् । 

मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको बताए । उनले देशको वर्तमान विषम परिस्थितिमा पार्टीलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए । ‘जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको