Like us!
Follow us!
Connect us!
Watch us!

हामीले राजनीति गरेका छैनौँ - नेपाली सेना

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, १७ : २४ मा प्रकाशित

हामीले राजनीति गरेका छैनौँ - नेपाली सेना

नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।

‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ– सेनाले राजनीति गर्दैन,’ उनले भने । उनले थपे, ‘तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो ।’ उनले आन्दोलनपछिको अवस्थालाई संकेत गर्दै भने, ‘यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिन्छ।’

उनले भने, ‘एकातिर स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास तथा अर्कोतिर कतै आन्दोलनलाई सहयोग पु¥याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको