 
                            नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने औपचारिक निर्णय गर्दै बैठक सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको हो।
बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँग एकता गर्ने प्रस्ताव राखिएको थियो। उक्त प्रस्तावलाई बहुमत केन्द्रीय सदस्यहरूले अनुमोदन गरेका छन्।
बैठकले एकताको प्रारम्भिक सहमति पुष्टि गर्दै आगामी चरणमा संयोजन, संगठनात्मक संरचना र कार्यविधि सम्बन्धी गृहकार्य सचिवालय बैठकमार्फत अघि बढाउने निर्णय गरेको छ।
तर, बैठकमा सर्वसम्मति भने देखिएन। केही वरिष्ठ नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाएका छन्। उनीहरूले पार्टीको दिशानिर्देशन, विचार र संगठनात्मक स्वतन्त्रताबारे गम्भीर छलफल आवश्यक रहेको मत राखेका छन्।
बैठकको अन्त्यमा प्रस्ताव पारित गर्ने क्रममा केही अव्यवस्था देखिएको थियो। निर्णय प्रक्रियामा विभिन्न धारणा भएका कारण हलमा असन्तुष्टिको माहोल बनेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस