Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गर्दै मनायो १९ औं वार्षिकोत्सव, नयाँ निक्षेप योजना पनि सार्वजनिक

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १५ : ४२ मा प्रकाशित

कामना सेवा विकास बैंकले विभिन्न कार्यक्रम गर्दै मनायो १९ औं वार्षिकोत्सव, नयाँ निक्षेप योजना पनि सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरे मनाएको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा नयाँ निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसंचार केन्द्रकी भावना पाण्डेलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरूको उपस्थिति थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटलस कप (पाँचौँ संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका थिए ।

१९औँ वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरे । त्यस्तै, वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना 'अल्फा ग्रो' सार्वजनिक गरिएको छ । बैंकका अनुसार यो खाता १८ वर्षसम्मको उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरेर ल्याइएको खाता योजना हो ।

'अल्फा ग्रो' खाता खोल्ने ग्राहकहरूलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने र खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ । उक्त जीवन बीमाको प्रिमियम, खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ । यसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस योजनाले बालबालिकामा बचत गर्ने बानीको विकास र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने बैंकको भनाइ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको