अर्थ संसार
काठमाडौं– सेवा विकास बैंकको सेयर छ ? बैंकले १२० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि विक्री खुल्ला गरेको छ । बैंकले हकप्रद निस्कासनमार्फत ५१ करोड ६ लाख ६६ हजार २ सय रुपैयाँ बराबरको ५१ लाख ६ हजार ६ सय ६२ कित्ता सेयरधनीलाई विक्री गर्दै छ । सेवाको सेयर असोज १८ गतेसम्म किनेका सेयरधनीहरुले हकप्रद भर्न पाउने छन् ।
बैंकको हकप्रद सेयरमा विक्री प्रबन्धक एनएमवी क्यापिटलको कार्यालय, एनएमबी बैंकका शाखा कार्यालय र सेवा विकास बैंकका शाखा कार्यालयहरुमा आवेदन गर्न सकिने छ । हकप्रद सेयर ३५ दिनभित्र अर्थात पुस २७ गतेसम्म बुक गरिसक्नु पर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस