Like us!
Follow us!
Connect us!
Watch us!

किन लगातार घटिरहेको छ शेयर बजार ? यस्तो छ कारण

सोमबार, १४ फागुन २०७४, ११ : १४ मा प्रकाशित

किन लगातार घटिरहेको छ शेयर बजार ?  यस्तो छ कारण

अर्थ संसार, काठमाडौं – नयाँ सरकार गठन भएपछि शेयर बजार बुम बुम होला भनेर प्रतिक्षामा रहेको लगानीकर्ता विगत केही दिनदेखि थप निराश भएका छन् ।

बजारको मात्रा घटेर न्यून बिन्दुमा आइपुगेको छ । लगानीकर्ताले बजार विस्तार होस् बजार बढोस भन्ने इच्छा व्यक्त गरेका छन् तर कार्यान्वयन हुन सकेको छैन ।

लगातार ओरालो लागेको बजार थामिएको छैन, थामिने छाँटकाट पनि छैन । कारण के हो कोही कसैले बताएका पनि छैनन् र बताउने इच्छा पनि व्यक्त गरेका छन् ।

बजारको मात्रा घटेर न्यून बिन्दुमा आइपुगेको छ । लगानीकर्ताले बजार विस्तार होस् बजार बढोस भन्ने इच्छा व्यक्त गरेका छन् तर कार्यान्वयन हुन सकेको छैन ।

बजार लगातार घटन थालेपछि निराश भएका लगानीकर्तालाई नयाँ सरकारले कुनै विश्वास दिन सकेको छैन । बजारमा हकप्रद शेयरको बाढी लागेको छ । लगानीकर्तालाई त्यसले समेत भार थपेको छ ।

याँ सरकारले शेयर लगानीकर्तालाई व्श्विास दिलाएर बजार सुधार गर्न लाग्नुपर्ने देखिएको छ । तर काम भने हुन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाको व्याज उल्लेख्य मात्रामा बढेको छ । लगानीकर्तालाई शेयर बजार भन्दा बैंकको व्याज नै बढी पाइन थालेपछि लगानीकर्ता बैंक तथा वित्तीय संस्थामा नै पैसा राख्न थालेका छन् ।

नयाँ सरकारले शेयर लगानीकर्तालाई व्श्विास दिलाएर बजार सुधार गर्न लाग्नुपर्ने देखिएको छ । तर काम भने हुन सकेको छैन । सरकार गठन भएको पनि दुई साता बित्न लाग्दा समेत आकार लिन सकेको छैन ।

सरकारले तत्काल आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गरेर लगानीकर्तालाई तत्काल विश्वास दिलाउनु जरुरी भइसकेको छ ।

सरकारले आकार लिन नसक्दा घट्ने क्रममा रहेको बजारले कुनै थामिने लक्षण देखाएको छैन । सरकारले तत्काल आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गरेर लगानीकर्तालाई तत्काल विश्वास दिलाउनु जरुरी भइसकेको छ । अन्यथा घट्दो क्रममा रहेको बजारले कुनै पनि आशाको सञ्चार गर्न सक्दैन ।

नागरिकलाई व्श्विासमा लिन पनि सरकारले विशेष सम्बोधन गर्न ढिलाइ गर्नुहुँदैन । राजनीतिक स्थिरताको अवस्था आएको र करिब दुई तिहाई मतका साथ सरकार गठन भएको सन्दर्भमा तत्काल सरकारले विशेष कदम चाल्नु जरुरी देखिएको छ ।

के यस तर्फ सरकार दृढताका साथ लागेर घट्दो शेयर बजारलाई नयाँ त्राण दिन सक्ला त प्रश्न यही नेर अड्किएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको