Like us!
Follow us!
Connect us!
Watch us!

कहिले आउँछ शेयर बजारमा अनलाईन प्रणाली ?

सोमबार, १४ फागुन २०७४, १४ : ४० मा प्रकाशित

कहिले आउँछ शेयर बजारमा अनलाईन प्रणाली ?

अर्थ संसार, काठमाडौं– आगामी साउनसम्म दोस्रो बजार पनि प्रविधिको उच्चतम प्रयोग हुने बताउँदै आएको नेपाल धितोपत्र बोर्डले अनलाइनबाटै शेयर खरिदबिक्री आदेश दिन सक्ने प्रणाली कार्यान्वयनमा  ल्याउन पहल सुरु गरेको छ ।

नेपाल धितोपत्र बोर्डले पुँजी बजारलाई पूर्ण अनलाईन प्रणालीमा लैजाने क्रममा सरुमा शेयर किन्ने र बिक्री आदेश इन्टरनेटबाट दिन सकिने व्यवस्था सरु गर्न ब्रोकरलाई आग्रह गरेको छ ।

घरमै बसेर लगानीकर्ताले शेयर खरिदबिक्री आदेश दिन अभ्यस्त पारेपछि पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा  ल्याउन थप सहज हुने लगानीकर्ता र बोर्डको भनाइ छ ।

इन्टरनेट खरिद बिक्री आदेश दिन अहिले ब्रोकरहरुले प्रयोग गरिरहेको ब्रोकर व्याक अफिस सफ्टवेयरलाई सुधार गरि प्रयोगमा ल्याउन सक्ने बनाएको छ ।

यो सफ्टवेयर तयारी अवस्थामा रहेको समेत बोर्डमा आयोजित कार्यक्रममा निर्माता कम्पनीले जानकारि गराएको हो । इन्टरनेटबाट खरिद बिक्री आदेश दिन सक्ने प्रणालीको शुक्रबार धितोपत्र बोर्डमा प्रस्ततीकरण समेत गरिएको थियो ।

धितोपत्र बोर्डले हाललाई अनिवार्य नभइ ऐच्छिक रुपमा यस प्रणालीलाई कार्यान्वयनमा ल्याउन सकिने जानकारी दिएको छ । यसलाई पूर्ण रुपमा स्वचालित अनलाईन कारोबार प्रणालीको पूर्ण अभ्यासका रुपमा समेत लिइएको छ ।

ब्रोकर व्याक अफिस सफ्टवेरलाई सुधार गरि लगानीकर्ता आफैले सेयर खरिदबिक्रीको आदेश राख्न सक्ने बनाएको हो ।

 सफ्टवेयर निर्माता कम्पनी सोर्स कोड प्रालिका कार्यकारी निर्देशक अभिजित श्रेष्ठका अनुसार सफ्टवेर बाट लगानीकर्ता आफैले शेयर कारोबारको अडर पोष्ट (अडर म्यानेजमेन्ट) गर्न सक्नेछन् ।

यसका लागि लगानीकर्ताले पहिले सम्बन्धित ब्रोकर कम्पनिबाट युजरनेम र पासवर्ड लिनुपर्ने भन्दै उहाँले त्यसपछि उनीहरुले घरमै बसेर शेयर खरिदबिक्रीको आदेश दिन सक्ने बताउँनु भयो ।

लगानीकर्ताले शेयर खरिद वा बिक्रीको आदेश दिँदा  यसको सूचना सम्बन्धित बे्रकर कम्पनीलाई पनि जान्छ । यसलाई आधार मानेर ब्रोकरले शेयर किनिदिने वा बेचिदिने गर्नेछन ।

यति मात्र नभई पहिला दिएको आदेश रद्ध गर्न पनि लगानीकर्ता आफैले सक्नेछन् । यसरी रद्ध गरेको सूचना पनि सम्बन्धित ब्रोकर कम्पनीमा पुग्र्नेछ  । यसैगरि लगानीकर्ताले आफूले दिएको आदेश कार्यान्वयन भयो कि भएन भनेर पनि सजिलै थाहाँ पउँन सक्नेछन् ।

खरिदबिक्रीको आदेश र यसको कार्यान्वयनका सम्पर्ण जानकारी घर वा कार्यलयमैं बसेर पाउन सकिने भएकाले लगानीकर्ता ब्रोकर अफिसम्म धाउनु पर्ने बाध्यता हट्नेछ ।

यो प्रणाली कार्यान्वयनमा आउन सकेमा पूँजी बजार सुधारमा थप नयाँ अध्याय सरु हुने लगानीकर्ताको भनाई छ ।   

यो पनि पढ्न्होस् 

किन लगातार घटिरहेको छ शेयर बजार ? यस्तो छ कारण

नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीलाई डबल अफर, ४२ प्रतिशत बोनस शेयर, २८ रुपैयाँ नगद

ओम डेभलपमेन्ट बैंकको समायोजन शेयर मूल्य कति ? 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको