Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन सम्पन्न

अर्थ संसार

आइतबार, १३ पुस २०८२, २१ : ३३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलकोले एक समारोहका बीच महाधिवेशन मूल कायक्रमको समुद्घाटन गरेका थिए ।

संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएको छ ।

यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।

आम कर्मचारीहरुले सघं माथि देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिती परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको