ऊर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टी रास्वपामा मिसिएको छ । घिसिङ रास्वपाको उपसभापतिका रूपमा दोस्रो वरियतामा रहने गरि सहमति भएको हो ।
आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीच भएको वार्तापछि उक्त सहमति जुटेको हो । सहमतिमा भएका अन्य लेनदेनका विषय सार्वजनिक गरिएको छैन । सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । ७ बुँदे सहमतिको पाँचौं बुँदामा उज्यालो नेपाल अभियानको अपनत्व रास्वपाले लिने उल्लेख छ ।
एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस