Like us!
Follow us!
Connect us!
Watch us!

इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण हुन्छ : ट्रम्प

अर्थ संसार

बुधबार, १६ पुस २०८२, ११ : ३२ मा प्रकाशित

इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि तेहरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् । फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै ट्रम्पले उनीहरूलाई पराजित गर्ने बताएका हुन् ।

सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने बताए । वार्ताका क्रममा नेतान्याहुले ट्रम्पलाई इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा निम्त्याउने र यसले तत्काल कारबाही आवश्यक बनाउन सक्ने बताए । जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य स्थलहरू लगायतका धेरै क्षेत्रहरूमा अचानक हवाई आक्रमण गरेको थियो ।

जसमा वरिष्ठ कमाण्डरहरू आणविक वैज्ञानिकहरू र सर्वसाधारण मारिएका थिए । जुन २२ मा अमेरिकी सेनाले नातान्ज, फोर्डो र इस्फाहानका तीन इरानी आणविक केन्द्रहरूमा बमबारी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको